म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत रियल म्याड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ। रियलले गिरोनामाथि समग्रमा ७–३ को जितसहित अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा ४–२ को जित निकालेको रियल बिहीबार भएको दोस्रो लेगमा ३–१ ले विजयी भयो।
बिहीबार रियलका लागि करिम बेन्जिमाले खेलको २७ र ४३ मिनेटमा गरी २ गोल गरे। लोरेन्टेले खेलको ७६ मिनेटमा रियलका लागि तेस्रो गोल गरे।
गिरोनाका पोरोले ७१ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
रियलसँगै बार्सिलोना, भ्यालेन्सिया र रियल बेटिसले पनि कोपा डेल रेको अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।