मेलवर्न– भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशनको आयोजनामा अस्ट्रेलियाको मेलवर्नमा टी-१० क्रिकेट प्रतियोगिताको हुने भएको छ। आगामी फागुन १२ मा टी-१० प्रतियोगिता हुने भएको हो।
यसअघि वन डे र टी–२० प्रतियोगिता गराइरहेको भिएसनसीले यसपटक टी-१० स्वरुपमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा म्याचको आयोजना गरिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भिएनसीका अध्यक्ष यश्वन्त सुवेदीले बताए।‘प्रतियोगिता उत्साहजनक बनाउनका लागि हामीले नयाँ स्वरुपमा गेम आयोजना गरेका हौँ,’ उनले भने।
मेलवर्नमा पहिलोपटक हुन लागेको टी १० प्रतियोगिताको पुरस्कार राशी तीन लाख रुपैयाँ रहेको छ। प्रतियोगितामा आठ वटा नेपाली क्रिकेट क्लबबीच प्रतिस्पर्धाहुने अध्यक्ष सुवेदीले जानकारी दिए। खेलको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन रहेको छ। प्रयितोगिताको उद्घाटन खेल स्थानीय टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशासरण हुने आयोजकले बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।