• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुदमा फड्को मारेपछि दङ्ग दाङ

64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  १५:४८
1140x725

नारायणपुर- तीन दशक अगाडि क्रिकेटको लागि मरुभूमि जस्तै थियो दाङ। क्रिकेटको नामसम्म नसुनेका मान्छेहरु थिए। अहिले तमाम बाधा अड्चन पन्छाएर क्रिकेटले आफ्नो स्थान बनाएको छ। यही भूमिमा क्रिकेटको सम्भावना खोज्दै सङ्घर्ष गर्नेहरुमा कैलाश रोका मगर पनि एक हुन्। 

भारतको देहरादूनमा जन्मिएका रोका नौ वर्षको उमेरमा २०३७ सालमा दाङ भित्रिएका थिए। “मैले भारतबाटै ल्याएको व्याट र क्रिकेट खेल्ने नियम देखेर यहाँका मानिसहरु अचम्म पर्थे,” रोकाले भने। त्यसको छ वर्षमै अञ्जुम सिद्धिकीको कप्तानीमा २०४३ सालमा दाङले पहिलोपटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनायो। दाङको लागि त्यो ऐतिहासिक प्रतियोगिता थियो। 

प्रदीप योगीको नेतृत्वमा २०५४ सालमा दाङ जिल्ला क्रिकेट सङ्घको स्थापना भएपछि संस्थागत विकासको सुरुआत भएको मानिन्छ। अहिलेसम्म दाङका सातजना खेलाडीले अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका छन् भने राष्ट्रिय खेलाडीका रुपमा २५ देखि ३० जना क्रियाशील छन्। क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदीप मजगैँयाका अनुसार नियमित १०० भन्दा बढी महिला क्रिकेट खेल्दै आएका छन्। पुरुष खेलाडीहरु एक हजार भन्दा बढीको सङ्ख्यामा छन्। 

दाङमा क्रिकेट भन्दा पुरानो इतिहास छ फुटबलको । विसं २०२७ मा घोराहीको पद्मोदय पब्लिक नमूना माविका नारायण सिंह गुरुङ शिक्षक भएर आएपछि घोराही क्षेत्रमा फुटबल शुरु भयो। त्यो भन्दा अगाडिको पुस्ताले पनि अनौपचारिक रुपमा फुटबल खेल्ने गरेको गुरुङको भनाइ छ। दाङ जिल्ला फुटवल सङ्घका महासचिव नरेन्द्र पुनका अनुसार अहिले दाङमा सातौँ पुस्ता खेलिरहेको छ।

"तुलसीपुर, हापुरसहितका केही स्थानमा महिला फुटबल समूहले जिल्लामा उत्कृष्ट खेल खेल्दैआएका छन्" पुनले बताए। 

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै गर्दा भलिबल, टेबुल टेनिस, ब्याडमिन्टनलगायतका खेलहरु खेल्ने र अरुलाई पनि खेलाउने गरेको गुरुङको भनाइ छ। दाङ जिल्ला खेलकूद विकास समितिका अनुसार अहिले २५ वटा भन्दा खेलको नियमित प्रशिक्षण भैरहेका छन्। समितिको तथ्याङ्कमा फुटबल, क्रिकेट र भलिबलपछि मार्सल आर्ट, कराँते, तेक्वान्दो, बक्सिङ, टेबुल टेनिस, ब्याडमिन्टन खेलहरुको नियमित प्रशिक्षण हुँदै आएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी  दिए। 

भौतिक पूर्वाधारमा प्रगति 

केही वर्षदेखि दाङमा विभिन्न खेलकूदका पूर्वाधार निर्माण हुन थालेका छन्। पालिकास्तरदेखि केन्द्रीय तहबाट समेत दाङको खेलकूद क्षेत्रको विकासका लागि मैदानहरु निर्माण हुने चरणमा छन्। 

तुलसीपुर उपमहानगरपालिकाले अरनिको मैदानलाई मिनी स्टेडियम बनाई त्यसलाई तालीम केन्द्रका रुपमा विकास गर्ने योजना अनुसार काम गर्दैछ भने वडा नं १२ मा रु २५ लाखको लागतमा फुटबल अभ्यास केन्द्र निर्माण गरिएको छ। तुलसीपुरमै रु २ करोड ५० लाखको लागतमा बहुउद्देश्यीय कवर्ड हल पनि बन्दै छ। घोराही उपमहानगरपालिका वडा नं १८ मा रु ५० लाखको लागतमा आधुनिक बास्केट बल कोर्ट निर्माण भएको छ। 

गत साउनमा शिलान्यास भएको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य जारी छ । रु २४ करोड २४ लाख ४५ हजारको लागतमा निर्माण हुने यो रङ्गशाला १० हजार मानिस अटाउन सक्ने क्षमताको हुनेछ। 

तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलो स्पोर्ट्स सिटीको रुपमा आफूलाई घोषणा गरिसकेको छ। राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पछिल्लो समय दाङको तुलसीपुरसहित पोखरा र इटहरीलाई समेत स्पोट्र्स सिटीको रुपमा विकास गर्ने गरी तयारी गरेको बताए। 

"अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्डअनुसार बन्दै गरेको लमहीको क्रिकेट मैदानको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ" लमही नगर विकास समितिका सब–इञ्जिनीयर तुलसीराम अर्यालले भने। समितिको रु १ करोड ३१ लाखको लागतमा आर्थिक वर्ष २०५७-५८ देखि शुरु गरिएको मैदानको पूर्ण रुपमा निर्माण सम्पन्न हुन रु २३ करोड लाग्ने बताइन्छ। बाइस हजार दर्शकले एकैसाथ खेल हेर्न सकिने यो मैदानको निर्माणमा अहिलेसम्म करीब रु २ करोड लगानी भइसकेको छ। 

घोराही उपमहानगरपालिका–१७, गुलरियामा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण कै चरणमा छ। कुल १५ बिघाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेश स्तरीय रङ्गशाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यस वर्ष रङ्गशाला निर्माण योजना बनाएको मेयर नरुलाल चौधरीले बताए। मैदानलाई फराकिलो बनाउन यो वर्ष ७ कट्ठा २ धुर जग्गा खरिद गरिएको छ। 

यस्तै, घोराही उपमहानगरपालिका वडा नं १८ स्थित नवलपुर युवा क्लबले अम्बापुर जग्गा विकास आयोजनाअन्तर्गत छुट्याइएको जग्गामा फुटबल मैदान निर्माण गरेको छ। फुटबल मैदान १०० मिटर लामो र ६६ मिटर चौडा छ। 

जिल्लामा ठूलो लगानीमा खेलकूद मैदानहरु निर्माण हुने क्रममा रहेको दाङ जिल्ला फुटबल सङ्घका महासचिव पुनले जानकारी दिए। घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिकाले प्रत्येक वडामा एउटा सुविधासम्पन्न खेलकूद मैदान निर्माण गर्ने योजना समेत बनाएका छन्। 

सन्तोषजनक बजेट 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा स्थानीय सरकारले खेलकूदको क्षेत्रमा छुट्याएको बजेट सन्तोषजनक रहेको पाइएको छ। वडादेखि गाउँपालिकाका अध्यक्ष र नगर तथा उपमहानगरमा मेयर कप प्रतियोगिता सञ्चालन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन हुने गरेको छ। 

चालु आर्थिक २०७५-७६ मा दाङका १० वटा स्थानीय तहले मात्रै रु १ करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरेका छन्। स्थानीय खेल मैदान निर्माण, स्तरोन्नति, खेलकूद भवन निर्माण तथा मर्मत, वडास्तरीय तथा अध्यक्ष र मेयर कप खेलकूद सञ्चालनका लागि प्रत्येक पालिकाले बजेट विनियोजन गरेका छन् । घोराही उपमहानगरपालिकाले रु १० लाख बजेटसहित कार्यक्रम निर्माण गरेको छ। यहाँ वडास्तरमा समेत बजेट विनियोजन भएको छ। 

बबई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ८० लाख ५० हजार बजेटसहित कार्यक्रम निर्माण गरेको छ। विकट गाउँपालिकाको रुपमा रहेको बबई गाउँपालिकाले हंशपुर खेल मैदानका लागि रु. १० लाख, पञ्चकुले खेल मैदानका लागि रु. १० लाख, वडास्तरको खेलका लागि रु. ७ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर तिवारीले जानकारी दिए। 

यस्तै, लमही नगरपालिकाले रु २० लाख, राप्ती गाउँपालिकाले रु १० लाख, राजपुर गाउँपालिकाले रु ५ लाख र दंगीशरण गाउँपालिकाले रु ५ लाख बजेट छु्टयाएका छन् भने अन्य गाउँपालिकाले १ लाखदेखि माथि बजेट विनियोजन गरेको पाइएको छ। 

लाखौँको लगानीमा भौतिक पूर्वाधारहरु निर्माण हुँदै गर्दा अहिले पनि धेरै खेलाडीहरु बगरमा नाङ्गो खुट्टा फुटबल खेल्न बाध्य छन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर क्रिकेट खेल्नेहरु गाउँमा थुप्रै रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगीले बताए। 

दाङमा फुटबल, क्रिकेट, भलिबल र मार्सल आर्ट बाहेक अन्य खेलको विकास पर्याप्त मात्रामा हुन सकेको छैन। अध्यक्ष डाँगीले भने– ‘खेल प्रत्येक मानिसको जीवनसँग जोडिने विषय रहेछ । त्यसैले पनि स्रोतसाधनको अभाव सधैं हुने रहेछ।” खेलाडीहरुको अनुपातमा खेल मैदानको अभाव नै रहेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मजगैँयाको विश्लेषण छ। “जिल्लामा कोचको व्यवस्था अहिलेसम्म गर्न सकिएको छैन,” अध्यक्ष मजगैँयाले भने – “राज्यले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै फराकिलो बन्न सकेको छैन । खेलकूद प्राथमिकतामा पर्न सकेन, अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो।” 

खेल भनेको मनोरञ्जन मात्र नभई प्राविधिक विषय पनि भएकाले राज्यले नियमित तालीम तथा प्रशिक्षणको व्यवस्था गर्नु अपरिहार्य भएको खेलप्रेमीहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

- रासस/ तस्बिरः गोल डटकम

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्