काठकाडौं– युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ३ विकेट हात पारेको छ।
नेपालका लागि बलर सन्दीप लामिछानेले दोस्रो ओभरमै विकेट लिए। सोमपाल कामी र वसन्त रेग्मीले पनि १/१ विकेट लिएका छन्।
८ ओभर खेल सकिँदा युइईले ४७ रन जोडेको छ।
दोस्रो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा आउट गराएर नेपाललाई सफलता दिलाएका हुन्।
युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको छ।
यसअघि नेपालले युएईलाई एक दिवसीय सिरिजमा २–१ ले पराजित गर्दै उपाधि कब्जा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।