काठमाडौं– प्रथम सेलिब्रेशन अन्तर विद्यालय उपत्यकाव्यापी तोक्वान्दो प्रतियोगिता शुक्रबार र शनिबार हुने भएको छ। नारायणटारस्थित सेलिब्रेशन विद्यालयको आयोजनामा हुने प्रतियोगितामा उपत्यकाका २० वटा विद्यालयबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ २३ केजी मुनि, २७ केजी मुनी, ३३ केजी मुनि, ३७ केजी मुनि, ४२ केजी मुनि, ४८ केजी मुनि, ५१ केजी मुनि, ५४ केजी मुनि र ६३ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
यस्तै महिलामा ३० केजी मुनि, ३६ केजी मुनि, ४० केजी मुनि, ४६ केजी मुनि, ४९ केजी मुनि र ५५ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुम्सेतर्फ पुरुष र महिला १४ वर्ष मुनि र १७ वर्ष मुनिमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका संयोजक तथा नेपाल तेक्वान्दो संघ प्रदेश ३ का सदस्य सोवितमान गिरीका अनुसार १ सय ५० बढी खेलाडीले सहभागिता जनाउनेछन्। उनका अनुसार खेलाडीको पहिचान तथा मनोबल बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।