पुने– न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। भारतले दोस्रो खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै भारतले सिरिजमा १–१ को बराबरी गर्न सफल भएको छ।
पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बटुल्यो । २ सय ३१ रन लक्ष्य भारतले ४ विकेट गुमाएर ४६ ओभरमा पार गर्यो। भारतका लागि शिखर धवनले ६८ रन बनाए। दिनेश कार्तिकले नटआउट ६४ रनको योगदान दिए। महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे। कप्तान विराट कोहलीले २९ तथा हार्दिक पान्ड्याले ३० रन बनाए।
न्युजिल्यान्डका लागि टम लाथामले ३८, हेनरी निकोल्सले ४२ र ग्रान्डहोमले ४१ रनको योगदान दिए। बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने युजवेन्द्र चहाल र जसप्रित बुमराहले २–२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।