बार्सिलोना– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले सेभिल्लामाथि समग्रमा ६–३ को जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिलो खेलमा २–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा ६–१ को जित निकालेर सेमिफाइनलमा स्थान बनाएको हो।
दोस्रो लेगमा बार्सिलोनाका लागि फिलिप काउन्टिन्होले १३ मिनेटमा पेनाल्टी र ५३ मिनेटमा अर्को गोल गरेका थिए। यस्तै इभान राकिटिकले ३१ मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए।
रोबार्टोले ५४ मिनेट, लुइस सुआरेजले ८६ र लिओनल मेसीले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेका थिए। सेभिल्लाका अरेना लोप्सले ६७ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
प्रतियोगिताको अर्को खेलमा रियल बेटेसिले इस्प्यान्योल माथि समग्रमा ४–२ को जित निकालेर सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।