टुरिन– युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
युभेन्ट्सलाई एटलान्टाले ३–० गोलले पराजित गरेको हो। एटलान्टाका लागि कास्टाग्नीले ३७ मिनेटमा पहिलो गोल गरे। जापाटाले खेलको ३९ र ८६ मिनेटमा गरी २ गोल गरेपछि युभेन्ट्स स्तब्ध बन्यो।
यता प्रतियोगिताको अर्को खेलमा फ्लोरेन्टिनाले रोमलाई ७–१ गोलले रहाएको छ। फ्लोरेन्टिनाका लागि चिएसाले ७, १८ र ७४ मिनेटमा गोल गरेर ह्याट्रिक गरे। मुरियलले ३३ र बेनासीले ६६ मिनेटमा गोल थपे।
सिमेनले ७९ र ८९ गरी २ गोल थप्दा फ्लोरेन्टिनाले सानदार जित हात पार्यो। रोमाका लागि कोलारोभले ७८ मिनेटमा गोल गर्दा ७२ मिनेटमका इडिन जेको रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।