लिभरपुल– इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ। लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई लेस्टर सिटीले १–१ गोलको बराबरीमा रोकेको हो। खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए। लेस्टरका माग्युरले पहिलो हाफको इन्जुरी टाइममा गोल फर्काए।
यता चेल्सीलाई वर्नमाउथले ४–० गोलले पराजित गरेको छ। उसका लागि किङ्गले खेलको ४७ र ७४ मिनेटमा गोल गर्दा ब्रुक्सले ६३ र डालियल्सले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल थपे।
टोटनह्यामले वाटफोर्डलाई २–१ ले पराजित गरेको छ। उसका लागि सन हेउङ मिनले ८० र लोरेन्टेले ८७ मिनेटमा गोल गरेक थिए। त्यसअघि ३८ मेटमा कार्थकाटले गोल गरेर वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले २४ खेलबाट ६१ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटको ५६, तेस्रो स्थानको टोटनह्यामको ५४, चौथो स्थानको आर्सनल र पाँचौ स्थानको चेल्सीको ४७–४७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।