complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नबोल्ने सौगात, फिल्मै नहेरी अमिताभका फ्यान 

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ९, २०७४  ०५:५९
1140x725

कलाक्षेत्रलाई बोलेर कनिका बिकाउनुपर्ने ठाउँ मान्नेहरुको कमी छैन । तर, नबोलेर चामल बिकाइरहेका छन्, सौगात मल्ल । 

सौगातको अभिनय विविधता हेरेर आफ्नो फिल्ममा अभिनय गराउन चाहने निर्माता–निर्देशकको संख्या निरन्तर बढिरहेको छ । उनलाई लिएर फिल्म बनाउने निर्माता–निर्देशकहरु त्यसबेला तनावमा पर्दा रहेछन्, जब फिल्म रिलिज हुने दिन नजिकिन थाल्छ । किनभने सौगात आफ्नो फिल्मको ‘प्रमोसन’मा उतिसाह्रो रुचि देखाउँदैनन् । 

यस्तै सकस परेको रहेछ, ‘फाटेको जुत्ता’ टिमलाई । निर्माता अर्जुन कुमार भन्दै थिए, ‘म त आफैं पनि बोल्ने मान्छे हुँ । केही फिल्म बनाइसकेको छु र गायकका रुपमा पनि परिचित भएकाले खास समस्या छैन । तर, नबोल्ने हिरो–हिरोइन परिदिँदा नयाँ निर्माता–निर्देशकलाई समस्या पर्छ।’

घुमाउरो रुपमा अर्जुनले आफूलाई समस्या परेको बताए । खासमा सौगातले बोल्न त्यति जरुरी पनि छैन । बोल्नुपर्ने कुरा त फिल्मको ट्रेलरमै बोलिसकेका छन् । तराईको युवाको भूमिकामा उनको अभिनयको तारिफ भइरहेकै छ । तारिफ गर्नेमध्येका केही हलसम्म पनि गइहाल्लान् । र, बाँकी फिल्म बोल्ला । फिल्मले ‘रमाइलो’ बोलेपछि दर्शक बोल्लान्, दर्शक बोलेपछि अरु पनि हेर्न जालान् । फिल्म पब्लिसिटीको सोझो हिसाब पनि यही हो। 

नवलपरासीमा छँदा सौगात पैसा भएको बेला हलमा गएरै हेर्थे भने नहुँदा हल बाहिर भित्तामा कान टाँसेर आवाज सुन्थे । लामो समय यो क्रम चलेको देखेपछि टिकटचेकरलाई उनको माया लाग्न थालेछ।

बुधबार ‘फाटेको जुत्ता’ टिमले आयोजना गरेको कलाकारसँग पत्रकार भेटघाट कार्यक्रममा कान्तिपुर दैनिकका रंग पत्रकार सुशील पौडेलले सुरुमै सौगातलाई प्रश्न गरे, ‘तपाईं किन त्यति बोल्नुहुन्न?’

‘सानैदेखि बोल्ने बानी नै भएन’, सौगातले तौलिएर कम शब्दमै उत्तर दिए । 

उनलाई कुरामा फुलबुट्टा भर्न कहिल्यै मन पनि लागेनछ । बरु काममै मिहिनेत गरेको राम्रो भन्ने महसुस भयो । विस्तारै त्यही कुरा नै बानी बन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘यस्तो अन्तर्मुखी स्वभाव भएका मान्छेमा फिल्म खेल्ने रहर कसरी चढ्यो होला ?’ पहिलो पोस्टकी स्वेच्छा राउतको जिज्ञासा थियो।

हरेक प्रश्नको एक लाइन उत्तर दिने सौगात यो प्रसंगमा भने झन्डै १५ मिनेट बोले । यो प्रश्नको उत्तरमा सौगातलाई सोच्नुपरेन, दिमागमा आएका ‘फ्लासब्याक’ शब्दमा सर्सती प्रस्तुत गरे।

नबोल्ने सौगात फिल्म र फिल्मका हिरोको फ्यान पनि फिल्म हेर्दै नहेरी भएका रहेछन् । सुरुमा उनी अमिताभ बच्चनका फ्यान भए, जतिबेला उनले अमिताभको अनुहार देख्नु त परको कुरा, आवाजसम्म सुनेका थिएनन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसरी भयो यस्तो ?

नवलपरासीका सौगातको घरमा एक जना काम गर्ने मान्छे रहेछन् ।  जसले फिल्म हेरेर आएपछि भाँडा माझ्दै गर्दा सौगातलाई फिल्मको कहानीदेखि अमिताभले बोलेका डाइलगसम्म सुनाइदिन्थे। 

सौगात सम्झिन्छन्, ‘विवाह, व्रतबन्ध जस्ता अवसरमा गाउँमा राति फिल्म देखाउने चलन थियो । हामीलाई राति घरबाट निस्किने अनुमति थिएन । तर, ऊ घरको काम सकेर जान्थ्यो र फिल्म हेरेर आउँथ्यो।’

पछि नवलपरासीकै हलमा फिल्म हेरे । पैसा हुँदा उनी हलमा गएरै हेर्थे भने नहुँदा हल बाहिर भित्तामा कान टाँसेर आवाज सुन्थे । लामो समय यो क्रम चलेको देखेपछि टिकटचेकरलाई उनको माया लाग्न थालेछ । उनलाई थोरै पैसामा पनि हुलमुलमा पारेर हलभित्र छिराउन थालेछन्।

फिल्म हेर्ने भूतसँगै उनमा खेल्ने रहर पनि चढेको रहेछ । त्यसपछि गणितको १,२, ३, ४ बाट उनको रुचि मोडिएर डान्स स्टेपको १, २, ३, ४ तिर पुग्यो । रिजल्ट आउँदा गणितमा जिरो आउन थाल्यो। 

त्यसपछि ज्यान बनाउन थाले । एक हदसम्म प्रतिभा निखारेर काठमाडौं आए । गृहजिल्ला नवलपरासी नै भएका निर्देशक आकाश अधिकारीलाई भेटरे अभिनय कक्षा पनि लिए । लामो समय उनीसँगै हिँडे । उनका फिल्म ‘पन्छी’, ‘दाग’ जस्ता फिल्ममा झल्याकझुलुक देखिए। 

अभिनय गर्ने रहर पूरा नभएपछि वीरेन्द्र हमालकहाँ अभिनय सिक्न गए । त्यसपछि रंगकर्मी सुनील पोखरेललाई कलाकारको खाँचो पर्दा हमालले सिफारिस गरेकामध्येमा सौगात पनि परे । थिएटरमा पुगेपछि उनको अभिनयको तिर्खा मेटियो, तर हिरोको भूत बाँकी नै रह्यो। 

‘त्यो समय चलनचल्तीमा रहेका फिल्मको हिरो फिट हुँदिनँ भन्ने चाहिँ लागिसकेको थियो । ‘कागबेनी’मा अफर आउँदा बल्ल मेरा लागि पनि फिल्म बन्न थाले भन्ने लाग्यो’, उनले भने। 

‘अहिले त धेरै स्क्रिप्ट नै तपाईंलाई हेरेर लेखिन्छन् रे नि !’ पत्रकारको अर्काे जिज्ञासा।

तर, उनले यसको सीधा उत्तर दिएनन् । घुमाउरो स्वीकारोक्ति थियो ।

यहीँनेर प्रसंग आयो, ‘फाटेको जुत्ता’को । जुन पहिले नाम राखेर पछि स्क्रिप्ट लेखिएको फिल्म हो।


फिल्म 'फाटेको जुत्ता' को एक दृश्यमा सौगात र प्रियंका कार्की


‘नामलाई न्याय गर्न कति गाह्रो भयो ?’ 

यसको उत्तर निर्देशक तथा फिल्मका लेखक निकेश खड्काले दिए, ‘जीवन फाटेको जुत्ता जस्तै काम नलाग्ने भन्ने अर्थ बोकेको छ । त्यो सौगातजीको चरित्रले प्रमाणित गरेको छ।’
फिल्मका निर्माता अर्जुन कुमारले फिल्मको नाम प्रमाणित हुने स्क्रिप्ट पाउन ५ वर्ष लागेको बताए। 

व्यक्तिगत रुपमा सफल भए पनि सौगात व्यावसायिक रुपमा असफल हिरो हुन थालेका छन् । फाटेको जुत्ताले त्यो क्रम भंग गर्ला त ? 

सौगात त्यसमा आशावादी छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्