कैलाली– मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा प्रदेश–७ का ४ जिल्लाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
प्रदेश–७ को बैतडी, बझाङ, बाजुरा र दार्चुलामा हुने पहिलो चरणको निर्वाचनको अन्तिम नामावली बुधबार प्रकाशन गरिएको हो।
पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि २१ र प्रदेशसभाका लागि ३९ गरी ६० जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्।
६३ जनाको उम्मेदवारी परेकामा बैतडी र बझाङबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
बैतडीमा राष्ट्रिय जनसमाजवादी पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका धनबहादुर बोहोराले उम्मेदवारी फिर्ता लिएका छन् । बझाङबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका गोपालबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिए । यसैगरी बझाङ प्रदेशसभा ‘क’ बाट उम्मेदवारी दिएका शेरबहादुर बोहोराले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बझाङका खड्का र बोहोराले आफ्नो पार्टी नेकपा एमालेको टिकट वितरणप्रति असन्तुष्टि जनाउ“दै सोमबार उम्मेदवारी दर्ता गराएका थिए। मुख्य निर्वाचन कार्यालयले बुधबार ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेको भए पनि बागी उम्मेदवारहरुले साढे ११ बजे नै उम्मेरवारी फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।