काठमाडौं- सरकारले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहत नै राख्ने निर्णय गरेको छ।
प्रदेश अन्तर्गत राखिने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही विषयलाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ।
सोमबारको मन्त्रिपरिषद्ले यो निर्णय गरे पनि थप जानकारी आउँदो बिहीबार गराउने सरकारको तयारी छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारे अनौपचारिक खबर पाए पनि आधिकारिक जानकारी प्राप्त नभएकाले संसद्मा पार्टीको विरोध कायमै रहने बताए।
गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र तनहुँमा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।