रसुवा– मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रसुवाबाट २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्।
निर्वाचनको लागि बुधबार भएको उम्मेदवारी फिर्तामा एउटा पनि उम्मेदवारी फिर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता नलिएपछि कार्यालयले बुधबार प्रतिनिधिसभामा ११ जना र प्रदेशसभामा १२ जना गरी २३ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा दुई वटा प्रदेश छन् । निर्वाचनमा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, लिवरल डेमोक्रेटिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले भाग लिँदै छन् । बाँकी ११ जना दुई गठबन्धनले उठाएका स्वतन्त्र उम्मेदवार हुन्।
नामावली प्रकाशनसँगै निर्वाचनमा भाग लिने उम्मेदवारलाई चुनाव चिह्न समेत प्रदान गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।