काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी अकूत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको छ।
श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको रेडियो अपरेटर हुन्। श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो।
उनी २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत परेका थिए।
श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेपश्चातको समग्र आयव्ययको विश्लेषण गर्दा उनको सम्पत्ति कतैबाट पनि मेल खाएको नदेखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।