काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन्।
सशस्त्र प्रहरी बलको १८औं स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सु-व्यवस्था छैन भन्ने अवस्था सृजना गर्ने काम भइरहेको दाबी गरे।
उनले राष्ट्रिय अखण्डतालाई चुनौती दिने गरी देशद्रोही कामहरुकाे प्रयास भइरहेको उल्लेख गर्दै उनले मुलुकलाई हिंसामा लैजाने र निरंकुशतातर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए।

शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए।
पछिल्लो समय सरकार मै रहेका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा विभिन्न दल तथा गैरसरकारी संस्थाहरुले द्वन्द्वकालीन मुद्दाहरु ब्युँताएर सरकारप्रति आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।