नयाँ दिल्ली (एजेन्सी)– गोलमाल फिल्मको चौथो सिरिज ‘गोलमाल अगेन’ को व्यापार १ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले ५औं दिनसम्म १ सय १६ करोड ८९ लाख भारु कमाइ गरेको छ।
बलिउडको व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले शुक्रबार पहिलो दिन ३० करोड १४ लाख, शनिबार २८ करोड ३७ लाख, आइतबार २९ करोड ९ लाख, सोमबार १६ करोड ४ लाख र मंगलबार १३ करोड २५ लाख कमाएको छ।
फिल्मले देशभित्र मात्र नभई विदेशमा पनि राम्रो कमाइ गरेको बताइएको छ । मंगलबारसम्म विदेशमा २५ करोड ४७ लाख कमाइ गरेको थियो । संसारभरिबाट १४२ करोड ३६ लाख भारु कमाएको बताइएको छ । फिल्मले साता दिनमा १ सय ५० करोड कमाउने आशा गरिएको छ।
‘गोलमाल अगेन’ लगभग ३ हजार ५ सय स्क्रिनमा रिलिज गरिएको थियो । यसको कुल बजेट १ सय करोड अनुमान गरिएको छ । जसमा ८० करोड प्रोडक्सन र २० करोड प्रमोसनमा खर्च भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।