• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भेनेजुएला संकटमा प्रचण्डकाे विज्ञप्ति : कूटनीति कम आवेश बढी

सरकार भन्छ – विज्ञप्तिको बारेमा थाहा छैन
64x64
नेपाल लाइभ मंगलबार, माघ १५, २०७५  १०:४५
1140x725

काठमाडौं– भेनेजुलएलामा देखिएको  राजनीतिक संकटको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकालेको प्रेस विज्ञप्तिका विषयमा अमेरिकाले नेपाल सरकारको आधिकारीक धारणा माग गरेको छ।

भेनेजुएलाका राष्ट्रिसभा अध्यक्ष हुँवा गोइदोले निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई विस्थापित गरी अमेरिकाको समर्थनमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेपालको सत्तारुढ दल नेकपाले त्यसको विरोध गरेको हो। भेनेजुएलाका विस्थापित राष्ट्रपति मादुरोलाई समर्थन गर्दै नेकपाले अमेरिकी कदमको विरोधमा प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो।

सत्तारुढ दलका एक अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित निस्किएको विज्ञप्तिका विषयमा अमेरिकाले नेपाल सरकारको आधिकारीक धारणा माग गरेको हो।

सत्तारुढ दलले परराष्ट्र मन्त्रालयबाट आफ्नो असहमति जनाउने विकल्प रहँदा–रहँदै पनि प्रेस विज्ञप्ति प्रकाशित गर्नु ‘कच्चा कूटनीति’ भएको केही विश्लेषकहरुको ठम्याई छ। कुनै पनि देशको परराष्ट्र नीति आफ्नो देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर हुने गर्छ। नेपालको राष्ट्रिय स्वार्थ अमेरिकासँग बढी छ अथवा भेनेजुएलासँग भन्ने विषयलाई नेकपाले ख्याल गर्न नसकेको विश्लेषकहरू आरोप लगाउँछन्।

‘जरुरी भएरै प्रेस विज्ञप्ति’

तर, नेकपाका युवा नेता युवराज चौलागाईं नेपालले आफ्नो परराष्ट्र नीतिले अंगिकार गरेको विधिभित्रै बसेर भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेपको विषलाई विरोध गरेको दाबी गर्दछन्।

गएको राष्ट्रपतीय निर्वाचनमा भेनेजुएलाका समाजवादी नेता मादुरोको पार्टीले घोटाला गरेको आरोप विपक्षी दलको छ। अमेरिका र अमेरिका समर्थित यूरोपका अधिकाशं देशले पनि यही कुरालाई मान्यता दिएको पाइन्छ। तर, त्यहाँको प्रधान मुद्धा निर्वाचनमा घोटालाभन्दा पनि पछिल्लो समय भेनेजुएलामा बढेको चीन र रसियाको प्रभावलाई निस्तेज पार्न रहेको विश्लेषण गरिन्छ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा बढ्दै गएको चीन र रसियाको प्रभावलाई त्यस क्षेत्रको क्षेत्रियतामाथिको खतराका रुपमा विश्लेषण गरेबाट पनि भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा कानुनी राज्यको स्थापनाभन्दा अमेरिकी स्वार्थ बढी हाबी भएको सहजै बुझ्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालले असंलग्न र अहस्तक्षेपकारी परराष्ट्र नीति अपनाउँदैमा सबै अन्तर्राष्ट्रिय विषयमा आवाज नउठाउने भन्ने हुँदैन’, चौलागाईं भन्छन्, ‘नेपालले भेनेजुएलामा भएको निर्वाचनलाई आधिकारीक रुपमा स्वीकार गरेर राष्ट्रपतिलाई बधाई दिइसेकेको अवस्थामा त्यहाँ भएको अमेरिकी हस्तक्षेपको विषयमा पार्टीबाटै आवाज उठाउन जरुरी भएर प्रेस विज्ञप्ति निकालिएको हो।’

उनले नेकपाको यस कदमबाट अमिरकासँगको सम्बन्धमा कुनै खराबी नआउने दाबी गरे। ‘यो विषयले नेपाल अमेरिकाबीचको द्वपक्षीय सम्बन्ध विग्रिन्छ भन्ने मलाई लाग्दैन।’

‘विज्ञप्तिमा आवेश बढी’

नेपालको विकासमा सहयोग गर्ने अमेरिका एक प्रमुख मुलुक हो। केही समयअघि मात्रै नेपालको विकासका लागि अमेरिकाले ५५ अर्ब रुपैयाँ सहयोग गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै भेनेजुएलाका निर्वाचित राष्ट्रपति मादुरोको विपक्षमा रहेको यूरोपेली देश पनि नेपालको विकास साझेदार मुलुक हुन्। यस्तो अवस्थामा नेकपाका अध्यक्षको प्रेस विज्ञप्तिका कारण सत्तारुढ दल आफैं अप्ठेरोमा परेको छ। नेकपाका अर्का नेताले भने, ‘कूटनीतिमा प्रयोग हुने भाषाले निकै महत्व राख्छ। यस्तो अवस्थामा अध्यक्ष प्रचण्डले निकालेको वक्तव्यमा कूटनीतिक भाषाको प्रयोगभन्दा आवेश बढी झल्किएको पाइन्छ।’

भेनेजुएलामा राजनीतिक परिर्वतनमा अमेरिकाको कदमको विरोध गरिएको  ठिक एक दिनअघि अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, संयुक्त राष्ट्रसंघलगायत मिलेर नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कामका विषयमा एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए। कतिपय विश्लेषक भेनेजुएलामा भएको अमेरिकी हस्तक्षपलाई आड बनाएर प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा पश्चिमा केही देशले दिएको दबाबको प्रतिउत्तरमा आएको बताउँछन्।

सरकार भन्छ – विज्ञप्तिको बारेमा थाहा छैन

अमेरिकी दूतावासले नेपाल सरकारसँग यो विषयमा आधिकारीक धारणा माग गरेपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यो विषयमा आफू जानकार नरहेको बताउँछन्। ‘अमेरिकाले भेनेजुएला संकट सम्बन्धमा नेकपाका अध्यक्षले प्रकाशित गरेको विज्ञप्तिका विषयमा सरकारको आधिकारीक धारणा मागेको विषयमा मलाई जानकारी छैन’, मन्त्री ज्ञवालीले भने, ‘यो विषयमा सरकारको धारणा छिट्टै आउँछ।’

भेनेजुएलामा देखिएको राजनितिक संकटलाई लिएर विश्व समुदाय दुई चिरामा विभाजन भएका छन्। चीन, रुस, टर्की, क्युवा, बोलिभिया, उरुग्वे, मेक्सिकोलगायतका देशहरुले मदुरोलाई समर्थन जनाएका छन्।

अर्का नेता गोइदोको पक्षमा भने अमेरिका, युरोपेली देशहरु स्पेन, फ्रान्स, जर्मनी, बेलायत, पोर्चुगल, नेदरल्यान्ड्स लगायतका देशहरु उभिएका छन्।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्