सिमरा – जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेल बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।