काठमाडौं– काठमाडौं जिल्ला क्रिकेट संघको साधारणसभाले दिवाकर घलेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । बुधबार भएको साधारणसभाले १५ सदस्यीय समिति चयन गरेको हो।
उपाध्यक्षमा विनयसिंह प्रधान, सचिवमा राजु बस्न्यात र कोषाध्यक्षमा महेश्वर श्रेष्ठ निर्वाचित भए।
सदस्यहरुमा मनिष ढुंगेल, कलाम अली, विजितध्वज चन्द, दिपेश पौडेल, विजयकुमार शर्मा, शैलेश कर्माचार्य, सचिन तिमिल्सिना, रितेश डंगोल, रमन श्रेष्ठ, अजयविर पाण्डे र महेश्वरी डंगोल छन्।
प्रदेश समितिको प्रतिनिधिमा अमितवीर पाण्डे, प्रफुल्ल वैद्य, सुदिप शर्मा र किरण राणा चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।