काठमाडौं- नेपाल लोकतान्त्रिक फोरमका नेता विमलप्रसाद श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेश गर्ने भएका छन्।
बुधबार आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरी श्रीवास्तवले यसबारे जानकारी गराएका हुन् । यसअघि उनी एमाले र कांग्रेसमा जाने चर्चा चलेको थिए । तर, कुरा नमिलेपछि संघीय फोरममा जाने पक्का भएको छ । कात्तिक १० गते पार्टी प्रवेश गर्ने उनले बताएका छन्।
स्थानीय निर्वाचनका बेला राजपाका महामन्त्री रहेका श्रीवास्तवलाई पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट नदिएपछि उनी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा गएका थिए । वीरगञ्जमा राजपाले राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।