काठमाडौं– विजयकुमार गच्छदारको नेपाली कांग्रेसमा प्रवेश गरेपछि विद्रोह गरेका नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’ लिएर निर्वाचनमा जाने भएको छ।
संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका सहअध्यक्ष थापाबीच आगामी निर्वाचनमा सहकार्य गर्दै मसाल चिह्नबाट चुनाव उठ्ने सहमति भएको हो।
लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार केही नेता लिएर नेपाली कांग्रेस फर्किए पनि थापा समूह एकतामा गएको थिएन । थापा समूहमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल नागरिक पार्टीलगायतका नेताहरु छन् । ती दलका नेताहरु गत चैतमा लोकतान्त्रिक फोरममा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।