• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अन्तर्राष्ट्रिय यौन दुराचारीको निसानामा नेपाली बालबालिका

फसाउने जाल- समाज सेवा र सहयोग
64x64
नेपाल लाइभ सोमबार, माघ १४, २०७५  ०७:२७
1140x725

काठमाडौं–

घटना–१

२०७३ गत भदौ २४ गते ४८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कम्बोस बाल यौन दुराचारको आरोपमा ठमेलको एक होटलबाट पक्राउ परे। एप्स डिजाइनर भएको बताउने कम्बोस नेपाल आएर १२/१४ वर्षका बालबालिकामाथि यौन दुराचार गर्ने गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको थियो।

उनलाई जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार गरेको पुष्टि गर्दै ९ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ। उनी अहिले कैद जीवन बिताइरहेका छन्।

कम्बोसलाई बालक उपलब्ध गराउने काठमाडौंको स्वयम्भूका २१ वर्षीय ‘लुच्चे’ भनिने बुद्ध पतुवारलाई ४ वर्षको कैद सजाय सुनाइएको छ। उनले कम्बोसलाई १२/१४ वर्षका १० भन्दा बढी बालबालिका उपलब्ध गराएका खुलेको छ। पतुवारलाई पक्राउ गरिएका बेला पनि होटल परिसरबाट ५ जना पीडित बालबालिकाको उद्धार गरिएको थियो।

घटना–२

६३ वर्षीय जर्मन नागरिक अल्बर्ट फे्रड किन्लेक २०७४ असार १५ गते ठमेलको ज्याठास्थित एक होटलबाट बाल यौन दुराचारकै आरोपमा पक्राउ परे। राहदानी नम्बर सि४के६एम ३५७८ का किन्लेकसँगै एक जना पीडित बालकलाई पनि होटलबाट उद्धार गरिएको थियो। उनी पटक–पटक नेपाल आएर बाल यौन दुराचारसम्बन्धी क्रियाकलाप गर्ने गरेका थिए।

 

Ncell 2
Ncell 2
nimb
nimb

 

घटना–३

२०७४ भदौ २१ गते अष्ट्रियाका नागरिक मार्कस केन्डलर यौन दुराचारकै आरोपमा काठमाडौंको ठमेलबाट समातिए। ४५ वर्षीय मार्कस र एक बालकलाई सिआइबीले अर्धनग्न अवस्थामै नियन्त्रणमा लिएको थियो।

घटना–४

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेदरल्यान्डका ७५ वर्षीय नागरिक हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेनलाई २०७४ कात्तिक २३ गते सोही आरोपमै कोटेश्वरको एक होटलबाट प्रहरीले नियन्त्रणमा लियो। उनको साथबाट एक बालकसमेत पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

घटना–५

बेलायती नागरिक इयान रोबर्ट कोल बाल यौन दुराचारको आरोपमा गत माघ ५ गते पक्राउ परे। उनलाई सिआइबीको टोलीले काठमाडौंको कालीमाटीस्थित रविभवनबाट पक्राउ गरेको थियो। ५० वर्षीय कोलले भारत घर भई काठमाडौं बस्दै आएका एक १७ वर्षीय युवकको सहयोगमा यौन दुराचारसम्बन्धी क्रियाकलाप गर्दै आएका थिए।

कोल तीन वर्षअघि मात्र बेलायतमा बाल यौन दुराचारको आरोपमा पक्राउ परेर छुटेका व्यक्ति भएको अनुसन्धानको क्रममा समेत खुलेको छ। उनी २०६६ देखि लगातार १६औं पटक नेपाल आएको र बाल यौन दुराचारसम्बन्धी कार्य गर्दै आएको सिआइबीका प्रवक्ता उमा चर्तुवेदीले बताएका छन्।

उनले एक मधेशी मुलको युवकलाई आर्थिक प्रलोभनमा पारेर बालबालिका उपलब्ध गराउने जिम्मासमेत दिएका थिए। कोलको एटिएम कार्डसमेत तीनै युवकले लिएर खर्च गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

यौन दुराचारको आरोपमा पक्राउ परेका यी विदेशी नागरिकहरु केही उदाहरणमात्रै हुन्। यौन दुुराचारसम्बन्धी क्रियाकलाप गर्नकै लागि अन्तर्राष्ट्रिय रुपमै यौन दुराचारीहरु नेपाल आउने गरेको सिआइबीले जनाएको छ।

यौन दुराचारीहरू नेपाली बालबालिकालाई सिकार बनाउन पर्यटक भिसामा भित्रिने गरेको तथ्य विगतमा पनि सार्वजनिक नभएका होइनन्। नेदरल्यान्डका माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौन दुराचार मुद्दामा दोषी ठहर गरेको थियो। यौन दुराचारका लागि उनले बाल सुधार गृह नै खोलेको फैसलामा उल्लेख थियो।

सिआइबीले पक्राउ गरेका उनीहरु सबै पटके बाल यौन दुराचारी रहेको सिआइबी बताउँछ। उनीहरु पटक–पटक पर्यटन भिषामा नेपाल आउने र बाल यौन दुुराचारमा संलग्न हुने गरेको पाइएको छ। पक्राउ परेकामध्ये केहीले आफ्नै देशमा पनि यौन दुराचार गरेको पाइएको सिआइबीको अनुसन्धानले देखाएको छ।

थाइल्यान्ड, बर्मा, मलेसियाजस्ता देशमा यौन दुराचारसम्बन्धमा कठोर कानुन बनेपछि यौन दुराचारीहरुले नेपाललाई गन्तव्य बनाएको सिआइबीले जनाएको छ। विदेशी भन्ने बित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकमाथि निशाना बनाएको प्रहरीले दाबी गरेको छ।

तिमध्ये एक दर्जन भन्दा बढी विदेशी यौन दुराचारी पक्राउ परिसकेका छन्। जर्मनीका नागरिक ६३ वर्षीय ‘योगेन’ भनिने हान्स गुर्जेन गुस्ताव धाम, क्यानडियाली नागरिक ६० वर्षीय पिटर जोन डल्गिस, नेदरल्यान्डकै ६६ वर्षीय पिट हिनभान, फ्रेन्च नागरिक क्रिस्टोफ गुइल्लोक्स र डेनिस मैथ्यु मिशेललगायत पक्राउ परिसकेका छन्।

पक्राउ परेका पिटर ३ वटा मानार्थ विध्यावारिधि प्राप्त गरेका व्यक्ति हुन्। उनी स्ट्रिट किड्स इन्टरनेसनलको संस्थापक, युएन हेबिटान्ट अफगानिस्तान अफ कन्ट्री रिप्रिजेन्टेटिभको रुपमा सन् २०१० देखि २०१४ सम्म काम गरेकाे खुल्न आएकाे छ। त्यस्तै, उनी डब्लुएचओको सिनियर अर्बान एड्भाइजरको रुपमा लाइबेरियामा र डब्लुएफओको डार्फरमा समेत काम गरिसकेका व्यक्ति हुन्।

पिटरले नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्थासमेत सञ्चालन गर्दै आएका थिए। जहाँ उनले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेका थिए। गरिब परिवारका बालबालिकाहरुलाई पढाइ दिने, विदेश घुमाइ दिने, ठूलो भएपछि जागिर लगाइ दिनेजस्ता विभिन्न प्रलोभनमा पारी समाजसेवीको आवरणमा स–साना बालकहरुलाइै यौन दुराचार गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।

उनीहरु सबै यौन दुराचारमा संलग्न रहेकै अवस्थामा पक्राउ परेका हुन् भने कतिपय विदेश फर्किनसमेत सफल भएको बताइन्छ। फ्रान्सेली नागरिक गेराड फिलिप्पे नेपाल आएर १५ जना भन्दा बढी बालबालिकालाई यौन दुराचार गरेर २०१४ को मे महिनामा नेपालबाट बाहिरिसकेको अध्यागमनको तथ्याङ्कले देखाएको छ। गेराड पछि सोही आरोपमै पक्राउ परेर अहिले फ्रान्सकै जेलमा कैद भुक्तान गरिरहेका छन्। प्रायःजसो पक्राउ परेकाहरु ५० वर्ष उमेरभन्दा माथिका छन्। त्यसमाथि पनि उनीहरु धेरै जनाको डिभोर्स भइसकेको खुलेको सिआइबीले जनाएको छ।

गोरो छालालाई हाम्रो सामाजमा विश्वास गरिहाल्ने र सहयोग गर्छ भन्ने सोचाइले विदेशीहरुलाई बाल यौन दुराचार गर्न सहज हुने गरेको सिआइबी प्रवक्ता चर्तुवेदीले बुझाइ छ।

मुख्य निसानामा गरिब बालबालिका

बाल यौन दुराचारको आरोपमा पक्राउ परेका अष्ट्रियाका केन्डलर सन् २०१४ देखि नेपाल आउन थालेका थिए। उनी ६ पटकसम्म नेपाल आएको अनुसन्धानमा देखिन्छ। केन्डलर तीनै पटक अष्ट्रियाबाट नेपाल आउँदा सुविधासम्पन्न काठमाडौंमा नबसेर विकट धादिङको गोगन गाउँ पुग्थे। गोगनका स्थानीयका अगाडि उनी समाजसेवी बन्थे। उनले गरिब र कम शिक्षित बालबालिकालाई शैक्षिक सामाग्री, कपडा, खेलौना लगायतका समान वितरण गर्थे। खान लाउन पाएपछि उनीसँग झ्याम्मिएका बालबालिकालाई काठमाडौं ल्याएर उनले यौन दुराचारमा फसाउँथे।

उनीमात्रै होइन सबैजसो यौन दुराचारीले समाज सेवा गरेजस्तो गर्दै गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएका छन्। अधिकांश दुराचारीले पर्यटन भिसामा नेपाल आएर गरिब, कम शिक्षित र सडक बालबालिकालाई यौन दुराचार गर्ने सिआइबीको बुझाइ छ। अनुसन्धानबाट काठमाडौंका सडक बालबालिका, उपत्यका आसपासका जिल्लाहरु धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको तथ्य फेला परेको छ।

बाल यौन दुराचारको आरोपमा कोटेश्वरबाट पक्राउ परेका हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेनले बालकको परिवारलाई टिभी किनिदिएका थिए। अष्ट्रियाका केन्डलर बालकलाई पाइन्ट, टिसर्ट र खेलौना किनिदिन्थे। केही दिनअघि मात्रै रविभवनबाट पक्राउ परेका कोलको एटिएमनै बालबालिका ल्याउन प्रयोग गरिएका एक भारतीय युवकसँगै हुन्थ्यो। घुमाउन लैजाने, खानेकुरा, खेल्ने कुरा किनिदिने र गरिब परिवारका बालबालिकाहरुलाई केही सहयोग गरेकै आधारमा विश्वासमा लिएर यस्तो दुष्कर्ममा फसाउने गरेको सिआइबीका डिएसपी कवित कटुवाल बताउँछन्।

यौन दुराचार गर्ने बढी नेपाली, पक्राउ पर्ने विदेशी मात्रै

बाल यौन दुराचारको आरोपमा विदेशी नागरिकहरु धमाधम पक्राउ परेपनि त्यो भन्दा ठूलो संख्यामा नेपालीबाटै यौन दुराचार हुने गरेको एक प्रहरी अधिकारीले दाबी गरे। नाम नबताउने सर्तमा सिआइबीका एक प्रहरीले भने, ‘केही महिना अघिमात्रै मामाले भान्जीमाथि यौन दुराचार गरेको जानकारी आएको थियो। हामीले त्यो केसलाई दर्ता गर्न खोज्दा पीडित आफैंले मानेनन्।’

उनका अनुसार विदेशीभन्दा पनि बढी आफ्नै नातेदार र परिवारबाट बाल यौन दुराचार हुने गरेपनि निसंकोच बाहिर भन्न नसकेकै कारण यस्ता घटनाहरु प्रकाशमा आउँदैनन्। बाल अधिकारकर्मीहरुले समेत सो कुरा स्वीकार गर्दै आएका छन्।

घरेलु कामदारका रुपमा राखिएका नाबालक तथा बालिकाहरु ढिलोचाँडो यौन दुराचारको शिकार हुने बाल अधिकारकर्मीहरुको दाबी छ।

यस्ताे छ कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ मा बाल यौन दुराचारको बारेमा उल्लेख छ। दफा २२५ अनुसार ‘बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने’ उल्लेख गरिएको छ।

बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा बताइएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्ति समेत भराउनु पर्ने उल्लेख छ। यो सजाय अन्य देशको तुलनामा कम भएको स्वयम् प्रहरी अधिकारीनै बताउँछन्।

प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्