काठमाडौं– प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा सम्बन्धी विधयेक सोमबार संघीय संसद्को अर्को सदन राष्ट्रिय सभामा पेस हुने भएको छ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो।
विधेयक राष्ट्रियसभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।