काठमाडौं– गत शुक्रबार प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै सरकारविरुद्ध उत्रिएका नेपाली कांग्रेस निकट विभिन्न भातृसंगठनहरुले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले निषेधित क्षेत्रसमेत तोड्ने प्रयास गरेका छन्।
सुरक्षाका लागि खटिएका प्रहरीले माइकिङ गर्दै निषेधित क्षेत्रतर्फ अगाडि नबढ्न आन्दोलनकारीलाई चेतावनी दिइरहेको छ। प्रहरीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेमा बल प्रयोग गर्ने चेतावनी दिइरहेका छन्।
संसदबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाम जोडिएका अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सबै भातृसंगठनलाई सरकारविरुद्ध आन्दोलन गर्न आह्वान गरेको थियो।
आज बिहान पनि राजधानीका विभिन्न स्थानहरुमा नेविसंघले सरकारविरुद्ध आन्दोलन गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।