काठमाडाैं- नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान आइकाओ (विश्व नागरिक उड्डयन संगठन) 'ट्रेन एयर प्लस'को पूर्ण सदस्य भएको छ।
प्राधिकरण र सन १९७४ देखि युएनडीपी/आइकाओ प्रोजेक्टअन्तर्गत रही स्थापना भएको प्रशिक्षण प्रतिष्ठानले यो प्रमाण पत्र पाएकाे हाे।
प्रशिक्षण प्रतिष्ठानले हाल हवाई क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै आएको थियो। प्रतिष्ठानले एटिसी, फायर, इन्जिनियरिङ, हवाई सुरक्षालगायत फ्लाइट सेफ्टी, र्याम सेफ्टी लगायतको तालिम सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानले सन् २०१२ मा एसोसिएट मेम्बरको रुपमा तालिम दिँदै आएको थियो।
प्रेस नाेट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।