काठमाडौं– निरन्तर शनिबारकाे यस पटककाे शृङ्खला माइतीघर मण्डलामा सम्पन्न भएको छ।
सधैँ वाल्मीकि विद्यापीठमा हुने गरेकाे निरन्तर शनिबार यस पटक सत्याग्रही डा. गाेविन्द केसीकाे अनसनप्रति एैक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा आयाेजना भएकाे थियाे।
कार्यक्रमकाे संयाेजन गरेका कवि साेझाे गाउँलेले सरकार आफैँले गरेकाे सहमतिबाट पछि हटेपछि साेह्राैँ अनसन सुरु गरेका डा केसीकाे जीवन रक्षाका लागि सरकारकाे ध्यानाकर्षण गराउन माइतीघर मण्डलामा कार्यक्रम गर्नु परेकाे बताएपछि रचना वाचनकाे क्रम सुरु भएकाे थियाे।
कार्यक्रममा साेझाे गाउँले, बलराम दाहाल, सन्ध्या पहाडी, गीता कार्की, रञ्जिता गिरी, सबिता बिमली, नारायण सापकाेटा, जीवन खत्री, इन्द्र लम्साल, चन्द्रकान्त पाैडेल, सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, केवल कार्की, लक्ष्मण आचार्य, सुजना न्याैपाने, टेकराज अवस्थी, तिलक राउत, डा. सुनिल बुढाथाेकी, विनाेद खत्री 'अाकाश', रामप्रसाद जाेशी, लगायतले आ आफ्ना रचना सुनाएका थिए।
सत्य र न्यायका पक्षमा स्रष्टाहरु भन्दै कवि-लेखकहरुले करिब तीन घन्टा माइतीघर मन्डलामा बिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।