काठमाडौँ – ब्रिटिश काउन्सिल नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना शुरु गरेको छ।
युरोपेली सङ्घको सहयोगमा शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सञ्चालित सो चारवर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालीम दिनेछ । परियोजनाले स्वदेशमै रोजगारीको राम्रो अवसर सिर्जना गराउने परियोजनाका टोली प्रमुख सिएन कर्लीले यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए।
उनले नेपालको समावेशी र दिगो आर्थिक विकासका लागि मानवीय पूँजीमा लगानी बढाउनुपर्ने सुझाव पनि दिए।
परियोजनाले हालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षमता वृद्धि, सुशासन र सरकारी र निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनेछ । गत डिसेम्बरमा त्रिपक्षीय समझदारी भएको सो परियोजनाको कूल बजेट २०.६१ मिलियन युरो छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।