न्युयोर्क (एजेन्सी)– चर्चित पप जोडी जस्टिन बेबर र सेलेना गोमेज फेरि एकपल्ट सँगै देखिएका छन्।
केही समयअगाडि मिर्गौला प्रत्यारोपण गरेकी सेलेनालाई यसै साता साथीहरुसँग जस्टिन बेबरको घरमा छुट्टी मनाउँदै गरेको भेटिएको विदेशी अखबारहरुले जानकारी दिएका छन्।
सेलेनालाई आइतबार साँझ लस एञ्जलसस्थित स्टुडियो सिटीमा हिँड्दै गरेको र त्यसको १० मिनेटपछि जस्टिन सेतो जी–वागनमा आएको बताइएको छ। स्रोतले जनाएअनुसार उनीहरुले गत साता सँगै समय बिताएका थिए।
सेलेना मिर्गौला प्रत्यारोपणपछि अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन भने जस्टिन टुरको तयारीमा छन्।
जस्टिन र सेलेनाको सम्बन्ध २०११ मा सार्वजनिक भएको थियो। उनीहरु २०१४ मा अलग भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।