विराटनगर– अविरल हिमपातका कारण ओखलढुङ्गाको सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ।
सिद्धिचरण नगरपालिका–६ स्थित ठाडेदेखि धापसम्म ३ किलोमिटर सडक खण्डमा १ फिट बाक्लो हिँउ जमेका कारण बाटो अवरुद्ध भएको हो।
सडकमा हिउँ जमेपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
प्रहरीले हिउँ हटाउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।