काठमाडाैं- पहिराे जाँदा कालिगण्डकी नदी थुनिएकाे छ। मुस्ताङकाे घरापजोङ गाउँपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी आंशिक मात्रामा थुनिन गएको मुस्ताङका प्रहरी निरीक्षक थमन बहादुर रजालीले जानकारी दिए।
आंशिक रुपमा थुनिएकाेले तटीय क्षेत्रमा उच्च जाेखिम नरहेकाे मुस्ताङ प्रहरीले जनाएकाे छ।
उनका अनुसार एक्स्काभेटरकाे सहयाेगमा पहिराे गएर थुनिएकाे भाग खाेल्ने काम भइरहेकाे छ। 'केही भागमा थुनिएकाे हाे, केही मात्रामा पानी बग्न पनि सुरु भएकाे छ, चाँडै पूरा खुलाउने गरी काम भइरहेकाे छ', प्रहरी निरीक्षक रजालीले भने।
उच्च जोखिम नदेखिए तापनि नदी खोलिने क्रममा बेनी बजारसम्मको तटीय क्षेत्रमा भने नदीकाे बहाबमा सामान्य बदली आउन सक्ने प्रहरीले बताएकाे छ। तटीय क्षेत्रमा रहेका बस्ती तथा स्थानीयहरुलाई सामान्य सतर्कता अपनाउन प्रहरीले अनुराेधसमेत गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।