काठमाडौं– दाङमा चट्याङ लागेर ३ जना घाइते भएका छन्। मंगलबार साँझ बबई गाउँपालिका–५ पदमपुरस्थित जनकल्याण मावि नजिकै रहेको टेलिफोन तारको पोलमा चट्याङ परेकाे थियो।
चट्याङका कारण उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रा सिया वली, १६ वर्षीया पार्वती शर्मा र बबईको गँगटे घर भई सोही स्थानमा डेरा गरी बस्ने १६ वर्षीया पूर्णकली ऐरी घाइते भएका छन्।
उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै मंगलबार साँझ नै परेको चट्याङका कारण घोराही उप–महानगरपालिका– ९ दुबिचौर स्थित मन्दिर चौधरी र करबिर चौधरीको १/१ वटा राँगा मरेका प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।