ग्वानझाओ- चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’को चहलपहल सुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन्स’ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको छ।
वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन्। चाइना साउदर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो।
ग्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमान कम्पनीले आफ्ना ८ सय ४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सबैभन्दा धेरै उडान भर्ने गर्छ।
विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलिँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दाबी छ।
चाड अवधिभर अर्थात जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँहरूले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ। यो गत वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।