जनकपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेसिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ बस्ने ५० वर्षीय सागर मन्सुरी रहेका छन्।
ट्र्याक्टरमा सवार रौतहट चन्द्रपुरका २१ वर्षीय विनोद राम गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।