काठमाडौं– दक्षिण एसिया इतिहासदेखि नै शिक्षित मानिस र सभ्यताको क्षेत्र भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। स्विट्जरल्यान्डको डाभोसमा 'दक्षिण एसियामाथिको रणनीतिक दृष्टिकोण' सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
नेपाल नयाँ युगमा प्रवेश गरेको र आर्थिक तथा राजनीतिक रुपमा विकासकाे प्रकृयामा रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे। ‘नेपाल नयाँ युगमा प्रवेश गरेसँगै क्षेत्रीय र विश्व राजनीतिमा पनि भूमिका खेल्ने अवस्थामा पुगेको छ,’ प्रधानमन्त्री ओलीले भने।
दक्षिण एसियामा शिक्षित मानिस रहेको ऐतिहासिक पृष्ठभूमिलाई सम्झिँदै प्रधानमन्त्री ओलीले यो क्षेत्रमा रहेको युवाशक्तिलाई सही हिसाबले परिचालन गर्नुपर्नेमा जाेड दिए।
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागर र बंगालको खाडी रहेको यो क्षेत्र आफैंमा समृद्ध रहेको उनकाे दाबी थियाे। नेपाल विकासका लागि अरु देशसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै उनले भने, 'पछिल्लाे समय नेपालले कनेक्टिभिटीमा जोड दिएकाे छ।'
'
नेपालमा रहेको प्राकृतिक स्रोतको सहि उपयाेग गर्न सकेमा यस क्षेत्रकै विकासमा नेपाल महत्वपूर्ण राष्ट्र सावित हुने उनले दाबी गरे। नेपालको विकासमा प्राविधिक दक्षताको कमी रहेकोले यो क्षेत्रमा अन्य देशसँग सहकार्य गर्न इच्छुक रहेको बताए।
नेपाल राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्रीले अबको नेपालको बाटो आर्थिक समृद्धि भएको जिकिर गरे। 'नेपालमा लगानीको वातावरण बन्दै गएकाले म सबै देश तथा बहुराष्ट्रिय कम्पनीहरुलाई लगानीका लागि खुलारुपमा आह्वान गर्छु', उनलदे भने।
दक्षिण एसिया र पूर्वी एसियाबीचको सहकार्यले नै यो क्षेत्रको विकास हुने बताउँदै प्रधानमन्त्री ओलीले अन्तरदेशीय सहकार्यमा विशेष जोड दिए।
नेपालले नयाँ संविधान घोषणासँगै निर्माण गर्नुपर्ने संघीय कानुन हालै मात्रै निमार्ण गरेको बताउँदै प्रधानमन्त्री ओलीले अबका दिनमा सरकारको प्राथमिकता आर्थिक उन्नति रहेको प्रष्ट्याए।
आर्थिक क्षेत्रमा सरकारले नयाँ योजना ल्याउँदै देशमा आर्थिक रुपले परिर्वतन गर्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।