काठमाडौं– संघीय मामिला मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुंगा प्रहार भएको छ।
नयाँ बानेश्वरको संसद भवनअगाडि उभिएका एक समूहले गाडी तोडफोड गरेका हुन्।
संसद भवन अगाडि हुल हुज्जत गरी बसेका एक समूले सरकारी गाडी देख्ने वित्तिकै ढुंगा प्रहार गरेका थिए।
पहिलो पटक प्रहार गरिएको ढंगाले सिसा नफूटेपछि पुन: ढुंगा प्रहार गरी सिसा फूटाइएको र आफू्लाई समेत सिसको टुक्राले लागेको उसपसचिव निरौलाले बताए।
उनका अनुसार कार्यालय समयपछि गाडी लोकन्थली जाँदै थियो। अहिले उक्त गाडीलाई मन्त्रालयकै परिसरमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।