काठमाडौं– संघीय संसद भवनअगाडि धर्ना प्रदर्शन गर्ने २१ मानवअधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ।
धर्ना प्रदर्शनबाट संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौँलागाईं, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ अधिकार कर्मी गिरफ्तार परेका छन्।
त्यसैगरी जगन्नाथ पुडासैनी, चन्द्रमणी बञ्जारा, ईश्वर पुडासैनी, सुकदैव अधिकारी, वि.पी पौडैल, ईश्वरी नैपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महत पक्राउ परेका छन्।

मन्त्री रविन्द्र अधिकारीलाई पदबाट बर्खास्त गर्न, संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा. डा. गोविन्द केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न आग्रहसहित उनीहरू धर्नामा बसेका थिए।
धर्नामा अधिकारकर्मीहरुले 'ठूला नेता मिलेका, साढे चार अरब निलेका', 'दुई तिहाइ सरकारको उपहार, साढे चार अरब भ्रष्टाचार,' 'डा केसी सँगको सहमति कार्यान्वयन गर,' 'जहाज खरिद भ्रष्टाचार, मूल दोषीहरूलाई कारबाही गर,' ' ढटुवा मन्त्री बर्खास्त गर' लगायतका प्लेकार्ड बोकेका थिए।
गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।