काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन्।
चिकित्सकको सल्लाहबमोजिम उनी हाल निवासमा आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्। केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि चिकित्सकले आग्रह गरेका छन्।
यसैबीच सुमेरु अस्पताल ललितपुरमा ज्वरो र रुघाखोकी लागी भर्ना भएका अध्यक्ष दाहालकी धर्मपत्नी सीता उपचारपछि सोमबार राति घर फर्किएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।