काठमाडौं- सरकारले आज चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्दैछ।
संघीय संसदको प्रतिनिधिसभा बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ।
आजको बैठकमा यही एउटा मात्रै कार्यसूची तोकिएको छ।
सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्न लागेको भन्दै डा केसी गत पुस २५ देखि आमरण अनसनमा छन्।
लाइभ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।