राजविराज– सिरहामा जङ्गगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ।
बाख्रा चराउन जाँदा बघण्डी नामक फल खाएर उनीहरु बिरामी भएको सिरहा प्रहरीले जनाएको छ। जंगली फल खाँदा संखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीकी ३५ वर्षीय शिव कुमारी सदाय, उनकी ५ वर्षीया छोरी सम्झना सदाय, ३० वर्षीय नयन कुमारी सदाय, उनका ३ वर्षीय छोराअविन, देबनारायण सदायका ४ वर्षीय छोरा अमित कुमार सदाय, संजय सदायका २ वर्षीय छोरा संजित सदाय, ४ वर्षीया चन्द्रिका सदाय, ठगदेब सदायका ७ वर्षीय छोरा अशोक सदाय, सगुनिया सदायका ७ वर्षीय करण सदाय, अगुन सदायकी ५ वर्षीया छोरी कल्पना सदाय, ६ वर्षीय छोरा रविन सदाय, लक्ष्मण सदायकी ७ वर्षीया छोरी पविता सदाय, देबिन्दर सदायका ८ वर्षीय छोरा जीवन सदाय, ९ वर्षीय सन्तोष सदाय, ५ वर्षिया छोरी सजन कुमारी सदाय, छोटका सदायका १० वर्षीय छोरा शनिचर सदाय र लक्ष्मण सदायकी ४ वर्षिया छोरी सञ्जना सदाय बिरामी परेका छन्।
बिरामी सबैलाई लहानस्थित राउ स्मारक अस्पताल, सिरहा अस्पताल र कामना नर्सिङहोम लहानमा भर्ना गरिएको प्रहरी चौकी सितापुरले जनाएको छ।
बिरामी मध्ये सञ्जना सदायको अवस्था चिन्ताजक रहेकाले थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।