काठमाडौं- आज बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ११:२६ मा थापाथली केन्द्रविन्दु बनाएर ३ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौंका केही भागमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। यो भूकम्प २०७२ बैसाख १२ मा गोरखामा गएको भूकम्पकै परकम्प भएको केन्द्रको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।