काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई गणेशमान सिंह भवनमा सरिएको छ। गत आइतबार आइसियूबाट उनलाई वार्डमा सारिएको थियो।
आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै वार्डमा सार्न डा केसीले आग्रह गरेपछि उनलाई आइसियूबाट सारिएको थियो। उनलाई अस्पतालको ५०२ नम्बर बेडमा राखिएको थियो।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण संक्रमण हुनसक्ने भन्दै डा केसीलाई वार्डबाट गणेशमान भवनमा सरिएको हो।
१५औं अनसनका क्रममा सरकारसँग भएको सहमतिविपरित सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको भन्दै डा केसी अनसनमा छन्। उनी पुस २५ बाट इलाममा अनसन बसेका थिए। स्वास्थ्यमा जटिलता आएसँगै उनलाई दशौं दिनमा काठमाडौं ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।