काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २३ जना कामदारलाई मलेसियन दूतावासको आग्रहमा भिसा दिएको दाबी गरेको छ।
मन्त्रालयले दूतावासमार्फत मलेसियाको ओटिए टनेल स्क्वाड एडिएन बिएचडीमा काम गर्न जानका लागि सिधै भिसा प्राप्त भएको भन्दै पत्र पठाएपछि अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको जनाएको छ।
मन्त्रालयले मलेसियन रोजगारदाता कम्पानीले वैदेशिक रोजगार विभागमा गरेको पत्र र दूतावासबाट सिधै भिसा प्राप्त गरेको भनी दिएको विवरणकै आधारमा २३ जनालाई श्रम स्वीकृति दिएको जनाएको छ।
तर, २३ जनाको लिस्टमा रहेको राजाराम चौधरी थारुले भने गत मंसिर १४ गते (२०१८ नोभेम्बर ३०) भिएलएनलाई ७ हजार ४ सय ८० रुपैयाँ (करसहित) तिरेका रसिद नेपाल लाइभले फेला पारेको छ।
तर, मन्त्रालयले भने भिएलएन मार्फत प्रक्रिया नगरी सिधै भिसा प्राप्त गरेको दाबी गर्दै आएको छ।
यस्तो छ नामावली


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।