काठमाडौँ- दुई छुट्टाछुट्टै घटनामा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शङ्खरापुर नगरपालिका–३ जरसिंहपौवा पाखेटोल बस्ने ३४ वर्षीया मञ्जु विक आफ्नै घरमा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने नखुलेको जनाइएको छ।
यस्तै टोखा नगरपालिका–७ वसुन्धारामा बा८च ८७६२ नंको कारले बा६६प ५४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८ वर्षीय सफल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धारामा मृत्यु भएको हो।
मोटरसाइकल चालक वसुन्धारा बस्ने स्याङ्जा चापाकोटका प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।