काठमाडौं – सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक सरिफ पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दायर गरेको छ। अख्तियारले उनलाई पाँच हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।
पाँचौं तहका पन्तलाई घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्राहीसँग उनले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।
आयोगकोे टोलीले बिचौलियाको काम गर्ने खगेन्द्र बोहोराले ‘काम गराइदिन्छु भनेबमोजिम’ पन्तले टिप्पणी उठाई काम गरिएको फेला पारेको हो। प्रमाणपत्र दिने कामका लागि उनले पाँच हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले बिगो पाँच हजारकायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन गरी आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
साथै बिचौलिया खगेन्द्र बोहराले निवेदकबाट उक्त घुस रकम बुझी लिई निज सरिफा पन्तलाई दिई अपराधजन्य कार्यमा सहयोगी तथ मतियारको भूमिका निर्वाह गरेको भनाई छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई पनि बिगो पाँच हजार रुपैयाँ नै कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय क बमोजमि हुने सजायमा सोही ऐनको प्रतिबन्धात्मक वाक्यांश बमोजिम जरिमाना र कैद सजाय हुने मागदावीसहित आरोपपत्र दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।