इलाम– इलाममा प्रहरीले उत्तीसको काठसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ।
इलामको रोङ गाउँपालिका–४ ना ४ ख ७२८९, मे १ ख २७८९ र ना ५ ख ४९८७ नम्बरका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार बिहान पाँचथरबाट झापातर्फ ल्याउँदै गरेको उत्तीसको गोलाई काठसहित ट्रक नियन्त्रण गरिएको प्रहरी चौकी किटेनीले जनाएको छ।
ट्रक र काठ आवश्यक कारबाहीका लागि झापाको इलाका वन कार्यालय बुधवारेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।