विराटनगर– धनकुटामा ३७ केजी गाँजासहित सोमबार बिहान २ युवकलाई प्रहरीले पक्राउ गरेको छ।
धनकुटा नगरपालिका ९ मुलघाटबाट सहिदभूमि गाउँपालिका ४ छिन्ताङ का २० वर्षिय भूपाल राई र जजल राईलाई प्रहरीले पक्राउ गरेको हो।
गाँजा ओसारपसारमा प्रयोग गरिएको बा २६ प ६५४० र को ११ प ३८२५ नम्बरका मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।