विराटनगर– संखुवासभाको चैनपुर नगरपालिका–७, आमबोटेमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ।
आइतबार राति भएको आगलागीमा स्थानीय सोममाया तामाङको तीन तले घर, अन्नपात, लत्ताकपडा, काठपात तथा १ तोला सुन र ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगलागीको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।