काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा रहेका दुई अस्पताललाई वर्तमान सरकारले रोक्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दलले संसदमा कडा आपत्ति जनाएको छ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता एवं उपसभापति विजय गच्छदारले इतिहास मेटाउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए। जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्नैपर्ने उनले बताए।
‘दुई अस्पताललाई संघीय सरकार अन्तर्गत नराखेसम्म कांग्रेसलाई सरकारका निर्णयहरु स्विकार्य हुँदैन,' गच्छदारले भने, 'प्रदेश सरकारले ती दुई अस्पताल सञ्चालन गर्न सक्दैन, उसलाई आफ्नै सरकार चलाउन हम्मे परेको छ।’
सरकारसँग क्षमता भए बिपी राजमार्गलाई केपी ओली मार्ग बनाउन गच्छदारले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।