बामाको- बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्तिरक्षककाे मृत्यु भएकाे मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ।
'पछिल्लो तथ्याङ्कअनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने कम्तीमा २५ जना घाइते भएका छन्,' राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ। उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।
मालीको किडालबाट करिब २ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा आइतबार बिहानै आक्रमण भएको हो।
आक्रमणकाे संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटर्रेर्सले निन्दा गर्दै घटनामा शहादत प्राप्त गर्ने सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।