तौलिहवा– प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ।
आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ परेकालाई जिल्ला अदालतबाट पाँच दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।
अन्य संलग्न व्यक्तिका बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।